.

बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

विराटनगर,१२ साउन ।बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।

साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले पोखरेलविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन्।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

पोखरेललाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया