.

नाबालिकलाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ

विराटनगर,११ साउन ।  नाबालिकलाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एब जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका(१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया