एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
उक्त पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी पक्षसँग लिखित जवाफ माग गरेको हो ।