.

आज मध्यरातिदेखि भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक गाडी नचल्ने

भोलि हुने मतदानलाई ध्यानमा राखेर आज मध्यराति १२ बजेदेखि अतिआवश्यक सेवाका बाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सार्वजनिक गाडी चल्ने छैनन् ।


यो अवधिमा अत्यावश्यक र आयोगबाट पास प्राप्त गाडी सञ्चालन हुनेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, खानेपानी तथा विद्युत मर्मतसम्बन्धी गाडी चलाउन रोक छैन ।


साथै कुटनीतिक नियोगका निलो प्लेट भएका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त गाडी चलाउन सकिन्छ । सम्पूर्ण मतदाता तथा यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने भए गाडी चल्न रोक लगाएको भन्दा अगावै पुगिसक्न सूचना अधिकारी घिमिरेको आग्रह छ ।


आयोगले कुनै समस्या वा अवरोध भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया