.

बुढीखोलाको पुलमुनि तेल फ्याक्ट्रीका मजदुरको शव फेला

मोरङको बुढीगंगा र सुनसरी दुहबीको सिमाना भएर बग्ने बुढीखोलाको पुलमुनि सोमबार बिहान तेल फ्याक्ट्रीका मजदुरको शव फेला परेको छ ।

बुढीगंगा गाउँपालिका–५ स्थित बुढीखोलामाथि बन्दै गरेको नयाँ पक्की पुल र पुरानो पुलबीचको खाली ठाउँमा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनका अनुसार भारतको कोलकाता घर भइ विगत १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी मृत फेला परेका हुन् ।

न्सारी बुढीगंगा–५ स्थित स्वस्तिक तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ८ बजेतिर स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

शवको सनाखत मृतककै पत्नी कुर्नी खातुनले गरिदिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर हिँड्ने क्रममा पुलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया