.

वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँच नभएको निर्वाचन आयोगको स्पष्टोक्ति

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नु भएको विज्ञप्तिमा आफ्नो वेबसाइट तथा मतदाता नामावलीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गएिको छ।

निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य भई रहेको र यस सम्बन्धमा आएका गलत सूचनामा विश्वास नगर्न पनि आयोगले सबैलाई अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया