उच्च अदालत विराटनगर बार इकाइको २०८२–८४ का लागि नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको अध्यक्षमा अधिवक्ता हरिबहादुर बराल निर्वाचित हुनु भएको छ भने नवनिर्वाचित कार्यसमितिका मुख्य पदाधिकारीहरूमा अधिवक्ता अञ्जना सङ्ग्रौला उपाध्यक्ष, राजेन्द्र सुनुवार सचिव, र विष्णु कुमारी तामाङ कोषाध्यक्ष छन्। त्यस्तै, सहसचिवमा सन्तोषी दास निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा अधिवक्ताहरू बिनोद फुयाल, कमलप्रकाश चौधरी, उमेश कुमार मण्डल, तीर्थराज भट्टराई, अन्ताज हुसेन, भरत चौलागाई, तुलसी साह र शुष्मा अधिकारी छन् ।
यसका साथै, बार इकाइबाट केन्द्रीय कार्यकारिणी परिषद् सदस्यहरूमा अधिवक्ताहरू चण्डीप्रसाद पराजुली, मिनबहादुर पौडेल, संजयकुमार मेहता, बिबेक तिम्सिना, रविना कुमारी शाही, मानस रेग्मी र उमानाथ मेनाली चयन भएका छन् ।
नवगठित कार्यसमितिले आगामी दुई वर्ष (२०८२ देखि २०८४) सम्म बार इकाइको नेतृत्व सम्हाल्न पाउने छन् ।