.

महेन्द्र मोरङ क्याम्पसको शिक्षाशास्त्र संकायका संयोजकमाथि अनियमितताको आरोप

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायका कार्यक्रम संयोजकमाथि अनियमितताको आरोप लागेको छ ।

कार्यक्रम संयोजक राजकुमार यादवले पदीय दुरुपयोग गर्दै अनियमितता गरेको आरोप लागेको हो । महेन्द्र मोरङ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । यादवले पदको दुरुपयोग गर्दै संकायलाई धराशायी बनाएको र आर्थिक अनियमितता गरेको भन्दै शिक्षकहरुले छानबिन एवं कारबाहीको माग गरेका छन् ।

अनेक आरोप लगाउँदै संकायका सम्पूर्ण शिक्षकहरुले क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी तथा त्रिवि प्राध्यापक संघ क्याम्पस एकाई सभापति नवीन अधिकारीलाई विभिन्न समयमा २५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ज्ञापनपत्रमै आरोपहरु उल्लेख गरेका छन् ।संयोजक यादवले २०८१ साल साउन ४ गते पदभार ग्रहण गरेका हुन् । शिक्षकहरुले कार्यक्रम सञ्चालनमा अस्थिरता र पदीय दुरुपयोग बढेको दाबी गरेका छन् । उनीहरुले बीएड दोस्रो वर्षको प्रयोगात्मक परीक्षा (स्वास्थ्य तथा शारीरिक शिक्षा र अंग्रेजी शिक्षा)मा आन्तरिक सुपरिवेक्षकको पारिश्रमिक नदिएको र खाजा खर्चसमेत हिनामिना गरेको आरोप लगाए ।

शिक्षाशास्त्र संकायका सम्पूर्ण शिक्षकहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संयोजक यादव पदमा बस्न योग्य नरहेकाले तत्काल जिम्मेवारीबाट बर्खास्त गरी योग्य र दक्ष व्यक्तिलाई संयोजक बनाउन माग गरिएको छ । साथै, छानबिन गरेर उनीमाथि कारबाही गरिनुपर्ने माग पनि शिक्षकहरुले गरेका छन् ।

क्याम्पसका आंशिक प्राध्यापक रामकुमार मेहताले शिक्षाशास्त्र संकायको कार्यक्रम संयोजक बनेपछि यादवले मनोमानी गरिरहेको बताए । पदको दुरुपयोग गरेर अनियमितता गरेर संस्था नै धराशायी बनाउन खोजिएपछि चुप लागेर बस्न नसकिएको उनको भनाइ छसंयोजक यादवले भने आफूमाथि लागेका सबै आरोप निराधार रहेको बताए । यादवले आरोप प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया