.

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा ः भूमिगत संरचना निर्माणमा समेत लागू हुने

सरकारले राष्ट्रिय भवनसंहिता कार्यान्वयनमा ल्याएको छ ।

हिजो राजपत्रमा प्रकाशित भएपछि यो कानूनी रूपमा लागू भएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार यो संहिता सामान्य घर तथा भवनका लागि मात्र नभई, जलविद्युत आयोजना अन्तर्गतका बाँध, विद्युत् गृह, सुरुङ्गा लगायत भूमिगत संरचनाहरू निर्माणका लागि समेत लागु हुनेछ ।

मन्त्रालयले पालिका तह, इन्जिनियर तथा आम नागरिकलाई यस संहिता अक्षरसः पालन गर्न समेत आग्रह गरेको छ ।

भूकम्पीय जोखिम भू–भागमा सुरक्षित भवन निर्माण गर्न यसको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया