.

विभागमा रहेको डाटा सेन्टरमा समस्या, लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ। विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । 

भदौ २३ र २४ गते भएको आन्दोलनका कारण विभागमा क्षति पुगेसँगै विभागले दिने सेवा अवरुद्ध भएका थिए ।

त्यस्तै कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया