.

मेची नदीमा डुबेर बालकको मृत्यु

विराटनगर ,३ भदौ ।मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ६ स्थित भानुनगर निवासी विनोद महतोका १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालक महतो अन्य दुईजना साथीहरूसँग हिजो  शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए । भद्रपुर नगरपालिका– ५ देवीबस्तीको तटबन्धनजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा डुबेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीसँगै अर्काे बालक पनि डुबिरहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए ।

घटना दिउँसो साढे ३ बजेको हो । वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
ZAP

ZAP

ZAP

ZAP