विराटनगर, १ साउन ।जिल्लाको सूर्योदय नगरपालिका(१० को याङ गाउँमा जग्गा भाडामा लिएर काँक्रो खेती सुरु गरेका दिपेन्द्र गड्तौलाले यस वर्ष ३० हजार वटा काँक्रा बिक्री गर्ने योजना बनाएका थिए। उनले अनेक प्रयास गर्दा पनि पुरै सिजनमा ६ हजार काँक्रा मात्रै बिक्री गर्न सके।
१५ रोपनी क्षेत्रमा लगाएको काँक्रोबाट यस वर्ष पाँच लाख बचाउने योजनामा रहेका उनले सुनाए। ‘लगानी सम्म उठ्यो , यसैमा खुशी हुने अवस्था आएको छ।’
उनले एक लाख ५० हजार खर्च गरेर काँक्रो लगाएको बताए। त्यही गाउँका अर्का किसान नोरन कुमार राईले ५ रोपनी क्षेत्रमा १५० झाङ काँक्रो लगाएका थिए। राईले दुई लाखको काँक्रो बेच्ने लक्ष्य राखेका थिए। उनले भने,‘यस वर्ष जम्मा १२ वटा काँक्रा बिक्री गरे।
कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खड्काले किसानको बारीमा काँक्रामा देखिएको समस्या ढुसीजन्य रोग भएको बताए। काँक्रो बालीमा सेतो धुलोढुसी, डाउनी मिल्ड्यू, कोत्रे, गुजमुजे आदि रोगहरू देखापर्ने उनले बताए। उनले यसको रोगथामका लागि कपर भएको ढुसिनासक विषादी प्रयोग गर्न सुझाव दिए।
इलाममा वार्षिक १५ सय टन काँक्रो उत्पादन हुने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। तर, यो वर्ष गत वर्षको तुलनामा काँक्रोको उत्पादन आधा घट्ने कृषकहरू बताउँछन्।
समयमा रोग निधनको उपाय नखोज्दा यस्तो समस्या आएको कृषकहरुको भनाई छ। कृषि ज्ञान केन्द्र इलाम कृषकलाई प्राविधिक सेवा वितरणमा भन्दा अनुदान वितरण र अनुगमनमा रमाउन थालेपछि कृषकले भरपर्दो प्राविधिक सेवा पाउन छोडेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ZAP
ZAP
ZAP
ZAP