विराटनगर , ३२ साउन । झापामा दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका–३ स्थित मंगलसिद्दी बजार बस्ने २७ वर्षीय वीरबहादुर राई र चुलाचुली–३ यलम्बर चोक बस्ने २१ वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गत साउन २५ गते कमल गाउँपालिका–६ स्थित लखनपुर टोल निवासी अशोककुमार तामाङको घर अगाडी पार्किङ गरि राखिएको बजाज कम्पनीको मे ८ प ३४७८ नम्बरको मोटरसाईकल र मे ९ प ८६६८ नम्बरको बजाज कम्पनीकै एनएस मोटरसाईकल चोरी भएको थियोे ।
पार्किङ गरी राखिएको दुईवटा मोटरसाइकल एकैसाथ चोरी भएपछि पीडित धनीले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।
चोरी भएको मोटरसाइकलहरूको खोजतलास गर्ने क्रममा विशेष सूचनाको आधारमा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसंधान भइरहेको छ ।