.

कोशी प्रदेश : विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई

विराटनगर , २८ साउन । कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ ।

११ हजार रुपैयाँसम्म पाइने विद्युतीय चुलो प्रतिगोटा १३ हजारमा खरिद गरिएको पाइएको छ । प्रदेश सरकारले टेण्डर मार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद र प्रदेश मातहतका कर्मचारीलाई वितरण गरिरहेको हो ।

खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले खरिद गरी कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेश सभा सचिवालयमा पठाइएको मन्त्रालयले जनाएको छ ।


बिहीबारसम्म २१ जना सांसदले चुलो बुझेर लगेको प्रदेशसभाको सचिवालयले जनाएको छ । खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले खरिद गरेको विद्युतिय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए ।


दुई हजार र १५ सय वाटका सुविधायुक्त चुल्हो मन्त्रालयले टेण्डर मार्फत १३ हजार ४ सयका दरले ६१३ वटा खरिद गरेको थियो । सांसद र कर्मचारीलाई वितरण गर्न खरिद भएको चुलो युरोपियन प्रविधिमा आधारित रहेको प्रवक्ता माझीले बताए ।

अगेनोका एक विक्रेताले मोडल र वाट अनुसार चुल्होको बजार मुल्य १० हजार पाँचसयदेखि २० हजार रुपैयाँसम्म पर्ने गरेको बताए ।

आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारले विद्युतिय उर्जा प्रयोग वृद्धिकालागि प्रोत्साहन गर्न भन्दै चुलो खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेट मार्फत गत असोज ९ गते चुलो खरिदका लागि टेण्डर आह्वान भएको हो ।


यसैगरि सरकारले वितरणका लागि ल्याएको चुलो नलिने नेपाली कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए । नागरिक समस्यामा परेका बेला सांसदलाई सुविधा माथि सुविधा दिन उपयुक्त नरहेको उनको भनाई थियो ।

कोशी मुख्यमन्त्री उद्धव थापाले पनि चुलो खरिदले अलोचना भएको बताए ।

खानेपानी, सिचाई तथा उर्जा मन्त्री प्रदिप सुनुवारले आफूहरु आउनुभन्दा अगाडि कै निर्णय अनुसार खरिद भएको चुलो वितरणको प्रक्रियामा रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया