.

बाबुराम भट्टराईको प्रस्ताव– कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त

विराटनगर, १४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानू उपयुुक्त विकल्प भएको बताएका छन् ।सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका उद्धव थापाको नियुक्ति सर्वाेच्च अदालतले बदर गरिदिएपछि नयाँ सरकार गठनको कसरत भइरहेको बेला भट्टराईले मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताए ।घोषित रुपमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरु मिलेर सरकार बनाउन उनले सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्ने बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया