.

सामूहिक आक्रमणबाट एक जना युवकको मृत्यु

भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा सामूहिक आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट षडानन्द–१३ मुखियाटोल घर भएका २४ वर्षीय सम्मरबहादुर तामाङको ज्यान गएको हो । उनी विगत १२–१३ वर्षदेखि रेवास्थित आफ्नो सानोबुवाको घरमा बस्दै आएका थिए ।

उनीमाथि ससुराली गाउँका युवाहरुले मंगलबार राति ९ बजेतिर सामूहिक आक्रमण गरेको भोजपुर प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए । कुटपिटबाट सम्मरबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।


पराजुलीका अनुसार कुटपिटमा संलग्नहरु षडानन्द–१४ बेखम्चाका चन्द्रकुमार राई, २१ वर्षीय सुनील राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई पक्राउ गरिसकिएको छ । घटनापछि फरार रहेका सबै जना बुधबार बिहानका राति पक्राउ परेका हुन् । साथै, सम्मरबहादुरकी पत्नी १९ वर्षीया स्वस्तिका राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


पारिवारिक खटपटका कारण घटना भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ पनि सम्मरबहादुर र उनकी श्रीमती स्वस्तिकाबीच झगडा भएको पाइएको छ । झगडा हुनसाथ स्वस्तिकाले माइती गाउँमा खबर गरिन् । त्यसपछि आक्रोशित बनेर पुगेका युवाहरुको आक्रमणबाट सम्मरबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेकी स्वस्तिकाले यसअघि पनि मादिर सेवन गरेर श्रीमान सम्मरबहादुरले बारम्बार कुटपिट गर्ने गरेको बताएकी छन् । इलाका प्रहरी कार्यालय दिङ्लाका इन्स्पेक्टर नवराज खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
SGfiSWdXCperUZNVwuUuEkVj

xCkXCANMfMcievPlg