.

संखुवासभा र उदयपुरमा जबरजस्ती करणी, दुईजना पक्राउ

संखुवासभा र उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई १० वर्षीया बालिकामाथि करणी गरेको आरोपमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। बालिकालाई जबरजस्ती गरेको उजुरी परेलगतै इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले शेर्पालाई समातेको प्रहरीले जनाएको छ। त्यस्तै, उदयपुरमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेष बहादुर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठले महिलालाई जबरजस्ती गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ नै नियन्त्रणमा लिएको हो। 

प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया