.

भोजपुरमा प्रदेश सरकारद्वारा ३० वटा पुल निर्माण

सङ्घीयता कार्यान्वयनपछि भोजपुर जिल्लाका विभिन्न स्थानमा प्रदेश सरकारले पूर्वाधार विकासमा तीव्रता दिएको छ। यस अवधिमा जिल्लाभर १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले दिएको जानकारी अनुसार पिखुवा खोला, कावाखोला, एखुवा खोला, चिरखुवा खोला लगायतका प्रमुख नदी र खोलाहरूमा करोडौँको लागतमा पक्की पुलहरू बनेका छन्। सबैभन्दा बढी लागत पिखुवा खोला र कावाखोलामा सात करोड ५० लाखका दरले खर्च भएको छ।

यसैगरी, आरीखोला, वेहेरे खोला, खाल्डे पिखुवा, राउते खोला, श्यामखोला, बङ्खुवा खोला, गङ्खुवा खोला र सिक्तेल खोलामा पनि पक्की पुलहरू निर्माण भई सञ्चालनमा आएका छन्। यी पुलहरूको निर्माणसँगै स्थानीयलाई यातायात र आवतजावतमा ठुलो सहजता मिलेको छ।

तामुटारमा छ करोड ३५ लाखको लागतमा बनिरहेको अर्को एक पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया