.

सुधार केन्द्रबाट फरार १२ मध्ये ३ जना फेला

धनकुटा नगरपालिका–५ कर्मिटारस्थित सुनौलो जीवन सुधार केन्द्रबाट फरार भएका १२ जनामध्ये ३ जना पुनः सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले फेला परेका तीनै जनालाई पुनः सुधार केन्द्रमै पुर्याइएको जानकारी दिएका छन्।

लागुऔषध तथा मादक पदार्थ सेवनको लत छुटाउन राखिएका ३० जनामध्ये १२ जना बिहीबार बिहान सुधार केन्द्रबाट एकैसाथ भागेका थिए। घटनापछि प्रहरीले खोजी कार्यलाई तीव्र पारेको थियो।

एसपी थापाका अनुसार बाँकी ९ जनाको खोजी कार्य अझै जारी छ। फरार रहेका कतिपय व्यक्तिहरू आफ्ना परिवारको सम्पर्कमा पुगेको सूचना प्राप्त भएकाले उनीहरूलाई पनि केन्द्रमा फर्काउन आवश्यक समन्वय र पहल भइरहेको प्रहरीले बताएको छ।

प्रहरीले फरार व्यक्तिहरूको अवस्था पत्ता लगाउन परिवार र स्थानीय तहसँग समन्वय गर्दै निगरानी बढाइएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया