.

इलाममा जलेर घाइते भएकी महिलाको विराटनगरमा मृत्यु

इलाम नगरपालिका–६ निवासी ३२ वर्षीया सिर्जना राईको घरमा आगजनी हुँदा जलेर गम्भीर घाइते भएकी अवस्थामा उपचारका क्रममा बुधबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीका अनुसार, मंसिर १८ गते राति घरमा आगो लाग्दा सिर्जनाको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

स्थानीय र प्रहरीले उद्धार गरी उनलाई तत्काल इलाम अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको थियो ।

उपचारकै बीच उनको मृत्यु भएको हो। सोही आगलागीमा परी घाइते भएका उनका पति सन्तोष राईको पनि ग्रिनक्रस अस्पताल, विराटनगरमै उपचार भइरहेको छ। यसैबीच, सिर्जनाको उपचारमा लागेको खर्च तिर्न नसक्दा उनको शव अस्पतालबाट बुझ्न समस्या भएको छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया