.

कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । खड्का संघीय संसदको अवकास प्राप्त सचिव हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गरेका हुन् । प्रदेश प्रमुखले नियुक्त गरेपछि आजै शपथ ग्रहण गराउने तयारी छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालिन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि प्रदेशसभा सचिवको पद रिक्त थियो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभा सचिवको शपथग्रहण आज दिउँसो ३ बजे गर्ने तयारी छ । उनका अनुसार सचिवालयको नयाँ भवन कृषि बजारमा शपथग्रहण हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया