.

धरानमा रहेको एक पुनस्र्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु, ९ जना पक्राउ

सुनसरीको धरानमा रहेको एक पुनस्र्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ ।

धरान–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनस्र्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार पुनस्र्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया