.

झुम्का कारागारका कैदीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारका १ कैदीको आज बुधवार विहान मृत्यु भएको छ । 


२८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताउनु भयो । 


भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका १२ मा बस्दै आएका राई लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए । 


उनी आज बुधबार विहान ५ः१५ बजे तिर अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो । 


उपचारको क्रममा विहान करिब ५ः४५ बजे उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताउनुभयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया