विराटनगर । मोरङको धनपालथान गाउँपालिका ४ मा ५ वर्षीया नाबालिकाको हत्या भएको छ ।
आज शनिबार बिहान धनपालथान –६ बबियाका अक्षय सरदारकी छोरी आत्तिका सरदारको शव फेला परेको हो ।
प्रहरीले नाबालिका हत्या अनुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुशन्धान भइरहेको हुनाले पक्राउ परेका व्याक्तिको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख नारायण चिमरीयाले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानका लागि एसपी चिमरिया आफैँ घटनास्थल पुग्नु भएको थियो ।
बालिकाको अनुहार घाँटी सहित शरीरका विभिन्न भाग चोट लागेको छ । बालिकामाथि बलात्कार भए नभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो ।
बालिकामाथि बलात्कार भए नभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने छ । शव पोष्टमार्टमको लागि विराटनगर स्थीतकोशी अस्पताल ल्याइएको छ ।