विराटनगर । ७५ केजी गाँजासहित सुनसरी प्रहरीले टेम्पो चालकलाई पक्राउ गरेको छ
।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोलाबाट गाँजासहित टेम्पो चालक इटहरी–१० का ४५ वर्र्षीय सुरतलाल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताउनुभयो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।