.

सडकमा काम गर्ने उदयपुरका मजदुर सुतेकै ठाउँमा मृत फेला


विराटनगर । सडकमा काम गर्दै आएका एक मजदुर कोठामा  सुतेकै अवस्थाभा धनकुटामा फेला परेका छन् ।  


भेडेटार–आहाले–महाभरत भित्री सडक खण्डमा कार्यरत कमलबहादुर केप्छाकी मगर आज विहान ५ बजेर ४० मिनेट तिर धनकुटाको साँगुरीगढी गाउँपालिका–९ ढुंगेस्थित भाडाको कोठामा  सुतेकै अवस्थामा मृत फेला परेका धनकुटा प्रहरी जनाएको छ  ।  


३९ बर्षिय मगरको स्थायी ठेगना  उदयपुरको कटारी नगरपालिका ११ मा रहेका धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।  

   

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ  भने  घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रवक्ता खनालले  खनालले दिनुभयो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया