.

झापाको कन्काई नहरमा हामफालेका वृद्धको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–७ का  ७९ वर्षीय राधाकृष्ण सोडारीको शव आज आइतबार  कन्काई नहरमा फेला परेको छ । 


आज बिहान ९ बजेर २५ तिर उहाँको शव शिवसताक्षी–७ र ११ बीचको कनकाई नहरमा फेला परेको झापा प्रहरीले जानकारी दिएको छ । 


प्रहरीका अनुसार मृतक सोडारी घरबाट चोकतिर जान्छु भनेर निस्कनु भएको थियो ।     नहरमा बिहान ८ बजेर ५० मिनेट तीर हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  


उहाँले  नहरमा हामफाल्नुको कारण पत्ता लागेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया