विराटनगर । झापामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
झापाको झापा गाउँपलिका चौधरी टोलमा आज शुक्रवार बिहान ११ बजेर ३५ मिनेट तीर दुर्घटना हुँदा झापा–३ का २२ वर्षीय साहिदुल हकको मृत्यु भएको साथै सोही झापा–४ का २४ वर्षीय फकिर अली र २१ वर्षीय सोहिल मियाँ घाइते भएका छन् । अलीको अवस्था गम्भीर रहेको झापा प्रहरीले जनाएको छ ।
दुर्घटना भए लगत्तै साहिदुललाई बिर्तामोड स्थीत बी एण्ड सी अस्पताल पुर्याउन चिकित्सकले मृत घोषित गरेका थिए । अलीको सोही अस्पतालमा उपचार भइरहेको छ भने मियाँको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ ।
अनटेस्ट लेखेको अपाची मोटरसाइकल हुलाकी सडक खण्डअन्तर्गत पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गर्दा दुर्घटनामा परेको र यसको अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
GorpeOOYxxOZlv
ARlNthGiFYlkma
GorpeOOYxxOZlv
ARlNthGiFYlkma