विराटनगर । धनकुटामा घरको बरन्डाबाट लडेर १ जना महिलाको आज शुक्रवार ज्यान गएको छ ।
धनकुटा नगरपालिका–१० उत्तरपानीकी ५० वर्षीया प्रमिला राईको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
उच्च रक्तचापकी बिरामी उहाँ कोठाबाट बरन्डामा निस्किने क्रममा विहान ६ बजे तिर लड्नु भएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमाटमको लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको प्रहरी जनाएको छ ।