.

कोशी प्रदेशको ४ वटा जिल्लाबाट लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशको ४ वटा जिल्लाबाट लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।


झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


झापाको मेचीनगर नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ३१ वर्षीय दिलप्रसाद राई र दमक नगरपालिका–२ की २९ वर्षीया स्मारिका नेम्बाङ ४ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो ।


त्यस्तै, वडा प्रहरी कार्यालय धरानको टोलीले धरान–१२ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया सम्झना लिम्बूलाई निषेधित औषधि १ सय ८२ चक्की र १ सय ग्राम गाँजासहित पक्राउ गरेका  जनाएको छ ।


त्यसैगरी, इलाका प्रहरी कार्यालय भेंडेटारले सहिदभूमी गाँउपालिका–७ का ३९ वर्षीय निकेन्द्र राई र उनकी श्रीमती ३० वर्षीया निशा राइलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ।


पक्राउ परेका राई दम्पत्ति सवार को ३३ प ९३०७ नम्बरको मोटरसाइकललाई शंका लागी चेक गर्ने क्रममा लागुऔषध गाँजा १६ केजी बरामद भएको प्रहरीले जनाएको छ ।


यस्तै, इलामको इलाका प्रहरी कार्यालय मंगलबारेले देउमाई नगरपालिका–३ का ५० वर्षीय रमेश अधिकारीलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ७ सय ४० मिलिग्रामसहित पक्राउ गरेका हुो । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
lhRCYOeyxn

hLCDzrzSIip

lhRCYOeyxn

hLCDzrzSIip