.

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

विराटनगर ,२६ असार । कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक रहेको भन्दै खारेज गर्न नेकपा एमालेले सर्वाेच्च अदालतमा दिएको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा परेको छ ।

मुख्यमन्त्री थापाको नियुक्ति उत्प्रेषणमार्फत खारेज गरि संविधानको धारा १६८ (३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्तिको परमादेश जारी गर्न मागसहित एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दिनृ भएको  थियो ।

रिट निवेदनमाथि सुनुवाइका लागि आज सर्वाेच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । श्रेष्ठको इजलासमा १४ नम्बरमा कार्कीको रिटको पेशी रहेको भएपनि उहाले एउटा मुद्दा मात्र हेर्नृ भएकको छ । न्यायाधीश श्रेष्ठ एउटा मुद्दा मात्र हेरेर बाहिरिएपछि गत शुक्रबार दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ हुन नसकेको हो ।आइतबार र सोमबार पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाइ भएको थिएन ।

आइतबार सो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा र सोमबार न्यायाधीश शुष्मालता माथेमाको इजलालसमा परेको थियो । रिट निवेदनमा नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । संविधान विपरित सभामुख गौतमसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएपछि एमाले सर्बाेच्च अदालत पुगेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया