.

कोशी प्रदेशमा १६ प्रतिशत धान रोपाइँ

विराटनगर ,१५ असार । कोशी प्रदेशमा असार १३ गतेसम्ममा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको छ ।गत वर्षभन्दा १ दशमलव शून्य ३ प्रतिशत न्यून रोपाइँ भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशकी बाली विकास अधिकृत एलिसा खड्काका अनुसार हालसम्म प्रदेशभरका १४ जिल्लामा १६ दशमलव ९६ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । उनका अनुसार वर्षा ढिलो भएकाले गत वर्षभन्दा केही कम रोपाइँ भएको हो । कोशी प्रदेशका उच्च पहाडी तीन जिल्लामा २१ दशमलव ३६ प्रतिशत रोपाइँ भएको छ । आठ जिल्लामा १९ दशमलव ३४ प्रतिशत रोपाइँ भइसकेको हो । तराईका तीन जिल्लामा १६ दशमलव ९६ प्रतिशत रोपाइँ भएको छ ।

मोरङ जिल्लामा ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ८ हजार ३ सय ३० क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ । कोशी प्रदेशको कुल ५७ हजार ८१४.५५ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको प्रदेश कार्यालयले जनाएको छ । त्यसमध्ये ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको निर्देशनालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया