.

हेवा खोलामा राखिएको हृयुम पाइप बाढीले बगाएपछि पुनः यातायात ठप्प

विराटनगर , १३ असार । पाँचथरको हेवा खोलामा गत असार ३ गते आएको बाढीले पुल बगाएपछि हृयुम पाइपमार्फत पानी तर्काएर बनाइएको डाइभर्सन पुनः बाढीले बगाएको छ ।

बाढीले अस्थायी हृयुम पाइप बगाउँदा पाँचथरको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा पुनः यातायात ठप्प भएको छ । उक्त स्थानमा सडक डिभिजन कार्यालयले तीनदिन लगाएर डाइभर्सन बनाएको थियो ।

डाइभर्सन बनेसँगै उक्त सडक खण्डमा मंगलबार अपरान्हदेखि सुरु भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड २४ घण्टा नबित्दै पुनः अवरुद्व भएको हो ।

पुल बगेपछि नेपाली सेनाले स्थानीय युवाको सहकार्यमा मान्छे तर्ने अस्थायी फड्के निर्माण गरेको छ भने सामान तार्न तुइन प्रयोग गरिँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया