.

इलाममा आगलागी हुँदा ८ घर जलेर नष्ट

विराटनगर, १२ असार । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।

स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन ।गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन ।रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया