.

ओखलढुंगाको पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

विराटनगर ,८ असार । ओखलढुंगामा बिहीबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ । चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो। आमाबाबुको शव बिहानै भेटिएकोमा बेपत्ता छोराछोरीको शव स्थानीय र सुरक्षाकर्मीले पहिरोबाट निकालेका हुन्। । राति करिब ११ बजे बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै अन्य तीन घर बगाएको छ। ०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया