.

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माणको काम सुरु

 विराटनगर , असार ५ । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माणको काम सुरु गरिएको छ । आइतवार आएको बाढीले पुल बगाएको ठाउँमा आजदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो ।    

बेलीब्रिजको निर्माणको काम धमाधम सुरु गरिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो । बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुगिसकेको उहाँले बताउनुभयो । ुकेही दिनभित्रै यातायात पुनः सुरु हुन्छु, पोखरेलले भन्नुभयो । 

आइतवारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समेत समस्या भएको छ ।

सोमवार हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया