.

झापामा ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ

विराटनगर , ५  असार   । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालले टङ्गाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र  लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । 

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उनीहरुलाई निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया