.

तत्कालीन सरकारले चुच्चे नक्साको विवरण छिमेकीहरुलाई पठाएको भेटिएन ः परराष्ट्र मन्त्री

विराटनगर , १७ भदौ । परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्सबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन्।  । उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए।  चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए । उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए।  चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ। यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया