विराटनगर , १७ भदौ ।नेकपा एकीकृत समाजवादी० पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ।
समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?