.

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल

विराटनगर ,१३ भदौ। सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल भएको छ ।

बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल भइरहेको हो । बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ ।


भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए । जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा ९एकीकृत समाजवादी० का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह हुनुहुन्छ । त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसकी डा।आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान हुनुहुन्छ ।


त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा ९माओवादी केन्द्र० की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् हुनुहुन्छ । सभापतिसँगको सभामुखको छलफलमा नेकपा ९एकीकृत समाजवादी० का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भ्ने उपस्थित हुनुभएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया