.

भ्रष्टाचार आरोपमा भीमदत्तका पूर्वमेयरसहित १० जनाविरूद्ध मुद्दा

विराटनगर , १२ भदौ  ।कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १० जनालाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ।


पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना र भवानी कन्स्ट्रक्शन प्रालिविरूद्ध राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।


आर्थिक वर्ष २०७६र०७७ मा महाकालीको नदीजन्य पदार्थ ९ढुंगा, गिटी, बालुवा० बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त हुनुपर्ने आयमा नियमविपरीत छुट दिएको उनीहरूमाथि आरोप छ।


विष्टको अध्यक्षतामा बसेको तत्कालीन नगर सभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सिफारिसको आधारमा मु।अ। करसमेत १ करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँ बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पाइएको अख्तियारको भनाइ छ।


विष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड ९क० र ९ख० बमोजिमको कसूरमा विगो रु।१,३४,९७,४५३।८७ ९एक करोड चौतीस लाख सन्तानव्वे हजार चार सय त्रिपन्न रुपैयाँ, पैसा सतासी० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९झ० बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदावी लिइएको अख्तयारका प्रवक्ता भोला दाहालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया