नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ ।
अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।
अधिवेशनले यसअघिको जम्बो आयोजक कमिटीको संख्या घटाएर ५१ सदस्यीय बनाउने छ । यस्तै ९ जनाको पदाधिकारी बन्नेछ । जसमा अध्यक्ष, उपाध्यक्ष ९२०, सचिव, सहसचिव ९४० र कोषाध्यक्ष रहेनेछन् ।
अधिवेशनको मिति नजिकिँदै गर्दा पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ । अहिलेसम्म अध्यक्षका लागि दुई जनाको नाम चर्चामा आएपनि आयोजक कमिटीका अध्यक्ष घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए । उनले भने, ‘आयोजक कमिटीको अध्यक्ष भएकाले अधिवेशनबाट पनि अध्यक्ष बन्नका लागि मेरो शसक्त दाबी रहने छ ।’ तर, नेताहरुका अनुसार उनले विद्यार्थी राजनीतिबाट विदा लिने मनस्थिति बनाएका छन् ।
नेताहरुका अनुसार अध्यक्षका लागि गिबी गजल खड्का र सन्तोष घिमिरेबीच लडाई हुने देखिएको छ । उनीहरुमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना छ । खड्का सुनसरीको विद्यार्थी आन्दोलनबाट स्थापित भएका हुन् भने घिमिरे मोरङको राजनीतिबाट आएका हुन् ।
दुवै जना आआफ्नो जिल्लाको अध्यक्ष भइसकेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रचार थालेका छन् ।
यस्तै सचिव पदका लागि भने आधा दर्जन बढी आकांक्षी देखिएका छन् । सचिवका लागि तुलसी घिमिरे मोरङ, नारायण पोखरेल झापा , अशोक खतिवडा इलाम , अंकित थापा धनकुटा , नवराज घिमिरे भोजपुर , लक्ष्मीभत्त पोखरेल मोरङ आकांक्षी देखिएका छन् ।
अनेरास्ववियुका नेताहरुले श्क्षिा क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान गर्न आफूहरु अग्रसर रहने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?