.

ओलीले चाहे मात्रै बस्न सक्छ संसद् बैठक

विराटनगर । प्रतिनिधिसभाको बैठक आज  दिउँसो ३ बजेको लागि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण लगातार रूपमा संसद् बैठक प्रभावित हुँदै आएको छ ।प्रमुख प्रतिपक्षी दल एमालेले गत साउन १० गतेदेखि लगातार रूपमा दुवै सदन अवरुद्ध गर्दै आएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने माग राख्दै एमालेले संसद् अवरुद्ध पार्दै आएको छ । बुधवार पनि एमाले अध्यक्ष केपी ओलीले चाहेमा मात्र प्रतिनिधिसभा बैठक बस्नेछ। सोमबार राति  दलहरूको बैठकमा उच्चस्तरीय समितिमार्फत सुन तस्करीबारे छानबिन गर्ने सहमति भएको थियो। त्यसपछि एमालेले संसद् अवरुद्ध नगर्ने देखिएको थियो । तर मंगलबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नभएपछि संसद् बैठक सूचना टाँसेरै स्थगित गरिएको थियो। ओलीलाई ज्वरो आएको कारण देखाएर सर्वदलीय बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया