.

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत

४ भदौ, विराटनगर । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका छन्।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन गर्न सर्वसम्मत निर्णय गरेको हो।


प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन भएको जनता समाजवादी पार्टीका सांसद तथा समिति सदस्य प्रकाश अधिकारीले  जानकारी दिए। उनले अन्नपूर्णसँग भने,ुसंसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ। अब सरकारले शपथको तयारी गर्छ।ु


श्रेष्ठले समितिसमक्ष भावी कार्ययोजना प्रस्तुत गरेका थिए। श्रेष्ठविरूद्ध तीनवटा उजुरी परेका थिए।  तर, एकजना उजुरीकर्तामात्रै सम्पर्कमा आएका थिए । संवैधानिक समितिबाट प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि अब प्रधानन्यायाधीश नियुक्त हुनेछन्। 


यसअघि  साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।  श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका थिए।


संसदीय सुनुवाइबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।


श्रेष्ठले साउन २१ गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की  साउन २० गतेदेखि अवकासमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए।


२०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए।


२०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया