संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी
३ भदौ २०८०, आइतवार
1
प्रतिक्रिया
विराटनगर ,३ साउन । संसद्को गतिरोध अन्त्य गर्नेबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।
आइतबारको सर्वदलीय बैठकपछि एउटा सहमतिको बिन्दुमा पुग्ने र संसद सुचारु हुने प्रधानमन्त्री दाहालको दाबी छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलका नेताहरु सहभागी छन् । यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । तर त्यो छलफल विना निष्कर्ष टुंगिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि एमालेले १० साउन यता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
ZAP
ZAP