.

राप्रपाको कार्यालय भदौ ६ गतेसम्म नभत्काउन उच्च अदालतको आदेश

विराटनगर , ३२ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय कार्यालय भवन भदौ ६ गतेसम्म नभत्काउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले धुम्बाराहीस्थित पार्टीको कार्यालय ६ गतेसम्म नभत्काउन आदेश दिएको हो ।

कार्यालय विद्युत प्रसारण लाइनको मुनि रहेकाले तीन दिनभित्र हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाले गत साउन १२ गते माइकिङ गर्दै निर्देशन दिएको थियो ।


राप्रपा कार्यालय भत्काउन महानगरले साउन १५ मा डोजर सहित टोली खटाएको थियो । तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पहलमा भएको छलफलमा सार्ने सहमति भएको हो । जस अनुसार राप्रपाले कार्यालय खाली गर्न २१ दिनको समय पाएको थियो ।


उच्च अदालतले जग्गाधनीको सहमति र अनुमतिबीना भवन भत्काउन नहुने भन्दै भदौ ६ गतेसम्म नभत्काउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया