आज (बुधबार) बिहान ११ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ।
विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अब प्रतिनिधि सभाको बैठक आजै दिउँसो २ः०० बजे बस्ने गरी निर्धारण गरिएको छ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।