.

माओवादी पदाधिकारी बैठक ४ बजे पुनः बस्ने

विराटनगर ,१० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने भएको छ ।

बुधबार बिहान ८ बजेबाट कोटोश्वरको पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुन ४ बजे बस्नेगरी सकिएको हो ।

बैठक कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको पाटी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया