.

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाण्डौ आइपुग्नुभएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री कपुर तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डौ आइपुग्नुभएको हो ।

उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।


बालेन्द्र बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया