.

आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । 

ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया